Connect with us
Advertisement

ब्राजिल, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड र पोर्चुगल पनि पुगे अन्तिम १६ मा

Published

on

विराटचोकः कतारमा जारी विश्वकप २०२२ को समूहचरणको अन्तिम चार खेलमा क्यामरुन, स्वीट्जरल्याण्ड, दक्षिण कोरिया र उरुग्वे विजयी भएका छन् । समूह चरणको अन्तिम खेलमा विजयी भए पनि क्यामरुन र उरुग्वे भने अन्तिम १६ मा पुग्न सकेनन् ।

समूह ‘एच’को खेलमा उरुग्वेले घानालाई २–० ले पराजित गरेको छ भने पोर्चुगल, दक्षिण कोरियासँग २–१ गोलले पराजित भएको छ । दक्षिण कोरियासँग हारे पनि पोर्चुगल यस समूहको शीर्ष स्थानमा नै छ । समूह चरणमा २ खेल जितेको पोर्चुगलले ६ अंक सहित पहिले नै अन्तिम १६ मा आफ्नो स्थान बनाएको थियो । पोर्चुगललाई पराजित गरेको दक्षिण कोरिया, समूह ‘एच’ को उपविजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । उरुग्वेसँग समान अंक र गोलअन्तरका बाबजुत धेरै गोल गर्ने राष्ट्रका रुपमा दक्षिण कोरिया अर्को चरणमा प्रवेश गरेको हो ।

समूह ‘जी’ अन्तर्गत भएको खेलमा क्यामरुनले ब्राजिललाई हराएको छ भने स्वीट्जरल्याण्डले सर्बियामाथि जीत हासिल गरेको छ । क्यामरुनले ब्राजिललाई १–० गोलले पराजित गरेको हो भने स्वीट्जरल्याण्डले सर्बियामाथि ३–२ को जित निकालेको हो ।

जीतसँगै स्वीट्जरल्याण्ड ६ अंक सहित समूहको उपविजेता बन्दै अर्को चरणमा पुगेको छ । समूहको विजेता ब्राजिलको पनि ६ अंक नै छ तर गोल अन्तरका आधारमा स्वीट्जरल्याण्ड उपविजेता बन्न पुगेको हो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अल्वानियाले गर्‍यो युरोकै छिटो गोल, साविक विजेता इटलीको पुनरागमन जित

Published

on

अल्वानियाले युरो इतिहासमै सबैभन्दा छिटो गोल गरेको खेलमा साविक विजेता इटलीले पुनरागमन जित निकाल्दै युरो २०२४ मा विजयी सुरुआत गरेको छ ।

समूह बी अन्तर्गत डर्टमण्डको सिग्नल इडुना पार्कमा भएको खेलमा इटलीका लागि बात्सोनी र निकोलस बरेलाले गोल गरे ।

त्यसअघि खेल सुरु भएको २३ सेकेण्डमा अल्वानियाका नेदिम बाजरामीले गोल गर्दै युरोमा सबैभन्दा छिटो गोल गर्नै कीर्तिमान राख्दै अग्रता दिलाएका थिए ।

उनले सन् २००४ मा रुसका दिमीत्री किरिचेन्कोले ग्रिसविरुद्ध ६७ सेकेण्डमा गरेको गोलको कीर्तिमान तोडेका हुन् । तर, अल्वानियाको अग्रता लामो समय टिकेन ।

११औं मिनेटमा अलेसान्द्रो बात्सोनीले इटलीका लागि बराबरी गोल फर्काए । त्यसको पाँच मिनेटपछि नै बरेलाले गोल गर्दै इटलीलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल नहुँदा इटलीले पुनरागमन जितसहित ३ अंक जोडेको हो ।

Continue Reading

Banner

आज – ०२ आषाढ २०८१ आइतवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । भक्ति र सेवा भाव बढेर जानेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सहकर्मीबाट विरोध आउन सक्छ । यात्रामा मालसामान पनि हराउन सक्छ, तर धनार्जनका नयाँ स्रोतहरू भने पत्ता लाग्नेछन् ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक यात्रा रहनेछ । लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ । शुभ कार्यमा सरिक भइने र शुभ समाचारले मन पनि प्रसन्न रहनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा दुबिधा उत्पन्न हुनेछ । सरकारी निकायको भय रहनेछ, तर आर्थिक लाभ र सहयोग मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ कार्यको काम अघि बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्षप्रति आकर्षण बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज विद्यार्थीको पढाईमा मन नजान सक्छ । प्रेम जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले विचार गर्नुपर्छ, तर शिक्षामा सफलता मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । लाभदायक यात्रा पनि रहला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन् ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । मन्दिरको दर्शन हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ, तर स्वास्थ्यमा सजगता अपनाउनु पर्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading

Banner

नेपालले साँच्चै गाह्रो बनाएको थियो, उनीहरुको भविष्य उज्वल छ : मार्करम

Published

on

दक्षिण अफ्रिका क्रिकेटका कम्तान एडियन मार्करमले नेपालको प्रदर्शनले दक्षिण अफ्रिका गाह्रो अवस्थामा पुगेको बताएका छन् । नेपाललाई एक रनले हराएपछिको पत्रकार सम्मेलमा बोल्दै उनले केही कुरा योजनाभन्दा बाहिर गएकाले  खेल निकै गाह्रो र रमाइलो भएको बताए ।

‘नेपाली टोलीको खेल साँच्चिकै राम्रो थियो । बलिङ र  ब्याटिङ दुबै माध्यमबाट उनीहरुले हामीलाई दबाबमा राखेका थिए । खेलमा उनीहरुले आफ्नो क्षमता देखाइदिएका छन् । नेपालले हामीलाई साँच्चै गाह्रो बनायो ।’ उनले भने ।

नेपालबाट आफूहरुले धेरै कुरा सिकेको उनको भनाइ छ । ‘उनीहरुको आत्मविश्वास निकै बढेको छ, भविष्यमा धेरै राम्रो गर्न सक्छन्,’ मार्करमले भने । अन्तिम दुई ओभरमा नेपाललाई जीतको लागि १६ रन चाहिएको र यो बीचमा धेरै रमाइला र डराउनुपर्ने क्षण आएका उनको भनाई छ । ‘म मेरा बलरहरुसँग विश्वस्त थिएँ, त्यही विश्वासले हामीले खेल जित्यौँ । कहिलेकाहीँ यस्ता जीतले धेरै नै महत्वपूर्ण उपलब्धी दिएको जस्तो महसुस हुन्छ ।’ उनले भने ।

नेपाली समर्थकले विश्वका जुनसुकै ठाउँमा गएर पनि आफ्नो देशप्रति देखाएको सद्भाव निकै महत्वपूर्ण भएको मार्करमले बताए । ‘नेपाली टोली र हामी बसेको होटल पनि एउटै हो । नेपाली खेलाडी धेरै नै मैत्रीपूर्ण, अनुशासित र उर्जावान छन् । मैले नेपाली क्रिकेटबारे धेरै बुझेको त छैन, तर उनीहरुको भविष्य निकै उज्वल छ ।’ दक्षिण अफ्रिकाका कप्तान मार्करमले भने ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक